आजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा नयाँ मूल्य लागु, प्रतिलिटर कति घट्याे ?
काठमाडाैं । आजदेखि पेट्राेलियम पदार्थमा घटेर नयाँ मूल्य लागु भएकाे छ । नेपाल आयल निगमले विहीबार मध्यराति २ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घटाएकाे हाे ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँले घटाएको छ ।
निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पहिलाे वर्गमा पेट्रोल प्रतिलिटर १५३ रूपैयाँ ५० पैसा र डिजल-मट्टितेल प्रतिलिटर १३३ रूपैयाँ ५० पैसा कायम भएकाे छ। पहिलाे वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन्।
दाेस्राे वर्ग सुर्खेत र दाङ्गमा पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ र डिजल-मट्टितेल प्रतिलिटर १३५ रूपैयाँ कायम भएकाे छ। भने तेस्राे वर्ग काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर १ सय ३६ रुपैयाँ कायम भएको निगमले जनाएको हो ।














