निर्वाचन आयोगले गगन गगन–विश्व नेतृत्वको विशेष महाधिवेशनलाई वैधानिकता, यस्ता छन् मान्यता दिनुको कारण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निर्वाचन आयोगले गगन गगन–विश्व नेतृत्वको विशेष महाधिवेशनलाई वैधानिकता, यस्ता छन् मान्यता दिनुको कारण



काठमाडौं । नर्वाचन आयोगले गगन थापा र विश्वप्रकाश शर्मा पक्षले आयोजना गरेको विशेष महाधिवेशनलाई कानूनी रूपमा मान्यता दिने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले उक्त महाधिवेशन विधान र कानूनसम्मत भएको ठहर गर्दै नयाँ पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने फैसला गरेको हो ।

आयोगको यो निर्णयसँगै शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको वैधानिकतामाथि उठाएका प्रश्नहरू स्वतः निष्प्रभावी भएका छन् । अब पार्टीको आधिकारिक काम–कारबाही, मनोनयन र अन्य साङ्गठनिक निर्णयहरूमा गगन–विश्व नेतृत्वको नयाँ कार्यसमिति नै आधिकारिक मानिनेछ । आयोगको निर्णयले देउवा नेतृत्वको पुरानो कार्यसमितिलाई भने अमान्य घोषित गरिदिएको छ ।

यस्ता छन् मान्यता दिनुको कारण
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिनुका पछाडि निम्न तीन प्रमुख आधारहरू प्रस्तुत गरेको छः

संवैधानिक र विधानको व्यवस्थाः कांग्रेसको विधानअनुसार ४० प्रतिशत सदस्यहरूले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको र सोही प्रक्रिया पूरा गरिएको देखिएको ।

प्रतिनिधिको सर्वोच्चताः विधानतः महाधिवेशन प्रतिनिधिहरू नै पार्टीको सर्वोच्च निकाय भएकाले उनीहरूको निर्णयले नै वैधानिकता पाउने ।

विरोधको अभावः विशेष महाधिवेशन माग गर्ने प्रक्रिया र यसको आवश्यकताका विषयमा कसैको ठोस विमति नदेखिएको ।


प्रतिक्रिया दिनुहोस्