दिउँसो १ बजे एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दिउँसो १ बजे एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउने



काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएकाे छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन् ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।

जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिह्नबाहक उम्मेदवार अघि बढाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस्