आजदेखि खुल्यो नेपाल लाइफ समृद्धि लगानी योजना: १३ करोड ६० लाख इकाइमा सर्वसाधारणले भर्न पाउने - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आजदेखि खुल्यो नेपाल लाइफ समृद्धि लगानी योजना: १३ करोड ६० लाख इकाइमा सर्वसाधारणले भर्न पाउने



काठमाडाैं। नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाइहरूका लागि आज माघ ४ गतेदेखि सार्वजनिक बिक्री खुला गरिएको छ।

नेपाल धितोपत्र बोर्डले यस योजनाका लागि कुल १६ करोड इकाइ निष्कासन गर्न अनुमति प्रदान गरेको हो।

यस निष्कासनको कुल इकाइमध्ये बीज पुँजीका रूपमा २ करोड २४ लाख इकाइ कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्सका लागि र १६ लाख इकाइ योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटलका लागि सुरक्षित गरिएको छ।

यी संस्थागत हिस्सा कटाएर बाँकी रहेको १३ करोड ६० लाख इकाइमा मात्र सर्वसाधारण लगानीकर्ताहरूले खरिदका लागि आवेदन दिन पाउनेछन्।

लगानीकर्ताहरूले यस योजनामा सहभागी हुन न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड ६० लाख इकाइसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस योजनाको बिक्री प्रक्रिया छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते बैंकिङ समयपछि बन्द हुने छ। यदि छोटो अवधिमै माग बमोजिम आवेदन परेमा माघ ८ गते नै निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ।

नेपाल लाइफ म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा आउन लागेको यस योजनाको कोष प्रवर्द्धकका रूपमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ भने योजना व्यवस्थापकको जिम्मेवारी नेपाल लाइफ क्यापिटलले सम्हालेको छ।


प्रतिक्रिया दिनुहोस्