सुनकाे मूल्य बढ्दा चाँदी घट्याे, आज कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । आइतबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढ्ने क्रमले निरन्तरता पाएकाे छ । गत शुक्रबार ताेलामा ७०० रूपैयाँया बढेकाे सुनकाे मूल्य आज पनि प्रतिताेला ६०० रूपैयाँले बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे २ लाख ७७ हजार ८०० रूपैयाँ ताेकिएकाे छ। अघिल्लाे दिन शुक्रबार छापावाल सुन प्रतिताेला २ लाख ७७ हजार २०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य भने घटेकाे छ। गत शुक्रबार ५ हजार ६४५ रूपैयाँमा काराेबार भएकाे चाँदी आज प्रतिताेला ५ हजार ६२५ रूपैयाँमा झरेकाे छ।













