समयमै काम पूरा नगर्ने २० निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा
काठमाडाैं । समयमै कायम पूरा गर्ने २० कम्पनी कालाे सूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिम काम नगर्ने २० वटा निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूलाई कालोसूचीमा राखेको हाे ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कारबाही गरिएको हो।
गणेश निर्माण सेवा, किशोर एण्ड नविन कम्पनी एण्ड सप्लायर्स, औतारी निर्माण सेवा तथा सप्लायर्स, भद्रेश्वर निर्माण तथा ढुवानी सेवा, मैनापोखरी कन्स्ट्रक्सन, सुनगाभा कन्स्ट्रक्सन प्रालि, पिपलडाँडा निर्माण सेवा प्रालि, र सागर एण्ड शिशिर कन्स्ट्रक्सन, ए. एण्ड ए. कन्स्ट्रक्सन, काठमाडौं, भवसागर निर्माण सेवा, बझाङ , दोगडापु दृश्टी निर्माण सेवा, कञ्चनपुर, न्यु साहारा कन्स्ट्रक्सन, डडेलधुरा, पारस हिमाल निर्माण सेवा, दार्चुला, प्रभास कन्स्ट्रक्सन, बैतडी, पुर्चौंडी निर्माण सेवा, बैतडी, महरुद्र निर्माण सेवा, बैतडी, र दुनिर खापर कन्स्ट्रक्सन, बझाङ र प्युठानको लेकाली निर्माण सेवा १ वर्षका लागि कालोसूचीमा परेका छन् ।
कालाे सूचीमा परेका यी कम्पनीहरूले १ वर्षसम्म कुनै पनि काममा भाग लिन नपाउने व्यवस्था गरिएको छ।
यस्तै दुबईस्थित एम/एस टर्बर्ट डीएमसीसी र काठमाडौंको टंगालस्थित बिकोई बिल्डर्स ३ वर्षका लागि कालाेसूचीमा परेका छन्।













