मेरो माइक्रोफाइनान्स लघुवित्तद्वारा सातदोबाटो प्रहरी वृत्तलाई सहयोग स्तान्तरण
काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त सातदोबाटोलाई सहयोग गरेको छ ।
संस्थाले प्रहरी वृत्त सातदोबाटोलाई क्युआरटी (क्वीक रेस्पाेन्स टिम) लाई आवश्यक पर्ने २५ थान फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड, चेस्ट गार्ड र हेल्मेट हस्तान्तरण गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा चन्दलाई सो सामान हस्तान्तरण गरे।
सो हस्तान्तरण कार्यक्रमममा प्रहरी नायब उपरीक्षक चन्दले संस्थाप्रती आभार प्रकट गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न यस्तो सामाग्रीले प्रहरीको मनोबल बढाउन संस्थाले महत्त्वपूर्ण भुमिका खोलेको बताए ।
त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले सातदोबाटो क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन, रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरी चेकिङ तथा गस्ती गर्दा जोखिम ब्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको बताए ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत १ लाख ५३ हजार भन्दा बढी विपन्न घरपरिवारहरुलाई बित्तीय सेवा प्रदान गरिरहेको छ ।













