९ अंकले बढ्यो नेप्से, कारोबार कति ?
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२३ अंकले बढेको छ । आज नेप्से ०.३४ प्रतिशतले बढेर २७१४.६१ विन्दुमा पुगेको छ ।
आज नेप्से बढ्दा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता शेयर किनबेच भएको छ ।
आज बजार बन्द हुँदा भने १६२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिरह रहेको छ ।
आज दिनभरमा ३३२ वटा कम्पनी कारोबारमा आउँदा ९४ हजार १७४ पटक शेयर किनबेच भएको छ ।













