अन्डाको मूल्य बढ्याे, प्रतिक्रेट कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अन्डाको मूल्य बढ्याे, प्रतिक्रेट कति ?



काठमाडौं। बजारमा अण्डाको माग उच्च भएपछि नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको छ।

संघले आइतबारदेखि लागू हुने गरी ठूलो र मझौला दुवै थरी अण्डाको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँले वृद्धि गरेको हो।

नयाँ मूल्य अनुसार अब ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य ४ सय ९५ रुपैयाँ पुगेको छ, जुन यसअघि ४ सय ६५ रुपैयाँमा बिक्री भइरहेको थियो। त्यसैगरी, यसअघि ४ सय ४५ रुपैयाँमा बिक्री हुँदै आएको मझौला अण्डाको फार्म मूल्य पनि बढेर ४ सय ७५ रुपैयाँ कायम गरिएको छ।

यद्यपि, अण्डाको मूल्य अहिले बढे पनि गत मंसिर महिनाको तुलनामा भने यो अझै कम हो। गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्दा ठूलो अण्डा प्रतिक्रेट ५ सय ६५ रुपैयाँ र मझौला अण्डा ५ सय ५० रुपैयाँसम्ममा बिक्री भएको थियो।


प्रतिक्रिया दिनुहोस्