सेयर बजारमा उछालः नेप्से ५७.५५ अंकले बढ्यो, पौने १४ अर्बको कारोबार - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

सेयर बजारमा उछालः नेप्से ५७.५५ अंकले बढ्यो, पौने १४ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा छाल आएको छ । अघिल्लो बिहिबार ९.२३ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५७.५५ अंकले बढेको छ।

आज २.१२ प्रतिशत बढेको सेयर बजार मापक नेप्से २७ सय ७२ दशमलव १७ बिन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोकारमा पनि उत्साह देखिएको छ। आज ३३१ कम्पनकिो ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर १३ अर्ब ७७ करोड ५७ लाख २९ हजार रुपैयाँका किनबेच भएको छ। अघिल्लो दिन ३ सय ३२ वटा कम्पनीका १ करोड ९० लाख कित्ता शेयर ९ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएको थियो ।

आज सर्वाधिक होटल तथा पर्यटन समुह ३.३५ र उत्पादन तथा प्रशोधन समुह २.९७ प्रतिशत बढेको छ भने लगानी २.८४ र हाइड्रोपावर २.७४ प्रतिशत बढेको छ ।

यसदिन २४० कम्पनकिो सेयर मूल्य बढेकोमा ८ कम्पनीको मूल्य सकारत्मक सर्किट लागेको छ । एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दिपुर केवलकार, हिमस्टार उर्जा, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य ९.९८ र श्रीनगर एग्रीटेक इन्डष्ट्रिजक्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९३, नेपाल वेयरहाउसिङ कम्पनीको सेयर मूल्य ९.८४, बरुण हाइड्रोपावरको सेयर मूल्य ९.६५, स्वस्तिक लघुवित्तको सेयर मूल्य ९ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस्