दिनभरको उचारचढावपछि सेयर बजारमा सामान्य गिरावट, १६ अर्ब माथिको कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दिनभरको उचारचढावपछि सेयर बजारमा सामान्य गिरावट, १६ अर्ब माथिको कारोबार



काठमाडौं । सोमबार दिनभरीको उचारचढाव बिच सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। हिजो ५७.५५ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ३.०७ अंकले घटेर २७ सय ६९ दशमलव ०९ बिन्दुमा पुगेको छ।

नेप्से झिनो अंकले बढे पनि आज कारोबार रकममा पनि उत्साह देखिएको छ । आज ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर खरिद बिक्रि हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँको करोबार भएको छ।

हिजो ३३१ कम्पनकिो ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर १३ अर्ब ७७ करोड ५७ लाख २९ हजार रुपैयाँका किनबेच भएको थियो ।

यसदिन हाेटल तथा पर्यटन, हाइड्राेपावर, उत्पादन तथा प्रशाेधन र म्युच्युअल फण्ड मुहका उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेका छन्।

घटेकाे बजारमा ८८ कम्पनीको सेयर मूल्य बढेकोमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज एसवाई प्यानल, हिमस्टार उर्जा, सप्तकोशी डेभलपमेन्ट बैंक र सान्भी इनर्जी र माउन्टेन हाइड्राे नेपालको सेयर मूल्य १० प्रतिशत बढेको हो । यस्तै कर्पाेरेट डेभलपमेन्ट बैंक र ट्रेड टावरकाे सेयर मूल्य ९ प्रतिशत भन्दा धेरै बढेको छ।


प्रतिक्रिया दिनुहोस्