स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा 



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा रहेको छ । 

कम्पनीका संस्थापकहरूको नाममा रहेको ११ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको कम्पनीले जनाएको सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ । 

उक्त शेयरमा पहिलो चारणमा हाल कायम रहेका संस्थापक शेयर धनीले मात्र आवेदन दिन पाउने छन् । जसमा न्यूनतम प्रतिकित्ता ३१५ रुपैयाँ मूल्य तोकिएको छ । 

खरिद गर्ने चाहना संस्थापक शेयर धनीले सो वा सो भन्दा बढी मूल्यमा ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । 

आवेदन काभ्रेपलान्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयको प्रशासन विभागमा लिखित निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । सो समयमा संस्थापक शेयर धनीले नकिनेको खण्डमा सर्वसाधारणका लागि उक्त शेयर बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्