नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडलेको संस्थापक शेयर बिक्रीमा राखिएको छ । 

कम्पनीको विभिन्न ९ जना संस्थापक शेयर धनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको हो । ९ जनाको गरेर कम्पनीमा ३ लाख ४८ हजार ८५३ कित्ता संस्थापक शेयर रहेको छ ।

उक्त शेयरमा पहिलो चारणमा हाल कायम रहेका शेयर धनीले मात्र आवेदन दिन पाउने छन् । कायम संस्थापक शेयर धनीले ३५ दिन मित्र उक्त शेयर खरिद नगरे सर्वसाधारणलाई बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । 

खरिद गर्ने चाहनेले काठमाडौंको कमलादीस्थित बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा निवेदन दिनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्