गरिमा विकास बैंकको नाफा १५.६३ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ?
गरिमा विकास बैंकको नाफा १५.६३ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा गरिमा विकास बैंक लिमिटेडकाे नाफा १५.६३ प्रतिशत बढेकाे छ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्ताे देखाएकाे हाे ।
पुस मसान्तसम्म बैंकले ६३ करोड ५१ लाख ३० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ५४ करोड ९२ लाख ६६ हजार ३०८ रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी पनि १.९४ प्रतिशतले बढेर १ अर्ब ८८ करोड ४ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष १ अर्ब ८४ करोड ४६ लाख २३ हजार रुपैयाँ थियो।
यस्तै, बैंकको सञ्चालन मुनाफामा पनि १५.५० प्रतिशतको उच्च वृद्धि देखिएको छ। अघिल्लो वर्ष ७८ करोड ५० लाख ८१ हजार ७ रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष बढेर ९० करोड ६७ लाख ९८ हजार ४३७ रुपैयाँ पुगेको छ।
बैंकको खुद फि तथा कमिसन आम्दानी पनि १६.५६ प्रतिशतले बढेर २७ करोड ७४ लाख ७८ हजार ७४६ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २३ करोड ८० लाख ५७ हजार ४२८ रुपैयाँ रहेको थियो। कुल सञ्चालन आम्दानीतर्फ बैंकले समीक्षा अवधिमा २ अर्ब २३ करोड १३ लाख १४ हजार १५१ रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ५.८० प्रतिशत बढी हो।
नाफामा भएको वृद्धिसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि १९.३४ रुपैयाँबाट सुधार भई २१.१० रुपैयाँ कायम भएको छ।तर बैंककाे खराब कर्जा भने सामान्य बढेर ४.७२ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत पुगेकाे छ।
समीक्षा अवधिसम्म ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब २७ करोड ९९ लाख ५३ हजार ८५८ रुपैयाँ सञ्चित छ। बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा ९१ अर्ब २७ करोड २३ लाख ६८ हजार ४६० रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ९४ करोड ५५ लाख १३ हजार ९४४ रुपैयाँ कर्जा परिचालन गरेको छ।













