सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार, दोस्रो त्रैमासमा १९ करोड ६५ लाख कमाउन सफल
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफामा आकर्षक वृद्धि देखिएको छ ।
नाफा र आम्दानीको अवस्था चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा १० करोड २ लाख ३३ हजार रुपैयाँ मात्र सीमित थियो ।
यसरी हेर्दा बैंकको नाफामा गत वर्षको तुलनामा ठुलो सुधार आएको देखिन्छ । गत वर्षको तुलनामा यो वर्ष बैंकको नाफा २६६.४२ प्रतिशतले बढी हो ।
बैंकको खुद ब्याज आम्दानी ९१ करोड ८२ लाख ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९४ करोड ६३ लाख ६८ हजार रुपैयाँ थियो । गत वर्षको तुलनामा खुद ब्याद आम्दानी घटेको छ ।
बैंकको प्रतिसेयर आम्दानी वार्षिक ११ रुपैयाँ ४६ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७१ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिइ रेसियो) ३३.३० गुणा र तरलता अनुपात २४.२८ प्रतिशत रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ४८ करोड ७३ लाख ५३ हजार रुपैयाँ सञ्चित छ । रिटेन्ड अर्निङमा २५ करोड २५ लाख रुपैयाँ रहेको छ ।
बैंकले पुस मसान्तसम्ममा ५४ अर्ब ९९ करोड ९२ लाख ४६ हजार ६२६ रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ६४ करोड १९ लाख ४ हजार १२० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा र पुँजी पर्याप्तता बैंकको खराब कर्जा अर्थात् निष्क्रिय कर्जा ४.९९ प्रतिशत रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो । अघिल्लो वर्ष निष्क्रिय कर्जा ४.८९ प्रतिशत रहेको थियो ।
बैंकले आफ्नो वित्तीय प्रतिवेदनमा आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाइएको र जोखिम व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू सक्रिय रहेको जानकारी दिएको छ ।














