साताको शेयर बजार : एक हप्ता अगाडिकै विन्दुमा नेप्से, ७० अर्बको कारोबारले बजारमा उत्साह !  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साताको शेयर बजार : एक हप्ता अगाडिकै विन्दुमा नेप्से, ७० अर्बको कारोबारले बजारमा उत्साह ! 



काठमाडौं । चुनावी माहौल भएपछि पनि शेयर बजार भने बढ्न सेको छैन । अघिल्लो हप्ता निर्वाचन लागेका कारण ७३ अंकले बढेको शेयर बजार यो साता भने त्यस्तो उत्साह देखिएको छैन । 

यो साता अर्थात् पुस ११ गते देखि १५ गते सम्म पुरै ५ दिन शेयर बजार कारोबार हुँदा पनि अघिल्लो हप्ताको विन्दुमानै बजार पुगेको छ । ५ दिन कारोबार हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ दिन उच्च अंकको वृद्धि भए र १ दिन सामान्य वृद्धिका भएको थियो । 

सातामा ३ दिन बजार घट्दा एक दिन उच्च अंक र एक दिन दोहोरा र एक दिन सामान्य अंकले घटेका कारण शेयर बजार अघिल्लो साताको विन्दुमा आइपुगेको हो । 

अघिल्लो साताको बिहीबार २७१४.६१ विन्दुमा रहेको नेप्से परिसूचक यो सातामा उतारचढाव हुँदै बिहीबारसम्म आइपुग्दा २७१४.०५ विन्दुमा आएको छ । अर्थात् यो सातामा शेयर बजार ०.५६ अंकले घटेको देखिएको छ । 

सो साता नेप्से परिसूचक न्यूनतम २७०२ विन्दु र उच्चतम २७८३ विन्दुसम्म पुगेको थियो । यो साता ८१ विन्दु तल माथि शेयर बजार कारोबार भएको देखिएको छ । 

कारोबारका हिसाबले भने यो साता उत्साह देखिएको छ । यो साता पुरै ७० अर्ब ३६ करोड ६७ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा भने १४ अर्ब ७ करोड ३१ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

यो सातामा पुरै १५ करोड ६५ लाख ३८ हजार ८९१ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा ३ करोड १३ लाख ७ हजार ७७८ कित्ता शेयर कारोबार भएको छ । 

५ दिनको अवधिमा ६ लाख ८४ हजार ५५६ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा भने १ लाख ३६ हजार ९११ कित्ता शेयर कारोबार भएको छ । दैनिक औसतमा ३३० वटा कम्पनी कारोबारमा आएको छ । 

कुन दिन कस्तो थियो बजार ? 

निर्वाचनको माहौलले गर्दा यो साताको सुरुवात शेयर बजारले राम्रो गरेको देखिएको थियो । साताको पहिलो दिन नेप्से ५७.५५ अंकले बढेर बजारमा उत्साह देखिएको थियो । 

आइतबार नेप्से २.१२ अंकले बढेर परिसूचक २७७२.१७ विन्दुमा पुगेको थियो । उक्त दिन बजारमा ५३ अंकको उतारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २७७२ विन्दु र न्यूनतम २७१५ विन्दुसम्म पुगेको थियो । 

बजार बढेसँगै कारोबार रकमले समेत साथ दिएको थियो । उक्त दिन एकै दिन लामो समय पछि १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

कारोबार रकम उच्च हुँदा आइतबार ३३१ वटा कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर १ लाख ३३ हजार ५२९ पटक खरिद बिक्री भएको थियो । 

बिचको एक दिनलाई छाडेर लगातार ६ कारोबार दिनसम्म पनि बढेको शेयर बजारमा सोमबार भने ब्रेक लाग्यो । बजार बन्द हुँदा सोमबार नेप्से ३.०७ अंकले घटेर बन्द भयो । 

उक्त दिन नेप्से ०.११ प्रतिशतले घटेर २७६९ विन्दुमा नेप्से परिसूचक पुग्यो । उक्त दिन नुप्सेमा ४२ अंककाले उतारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २७८८ विन्दु र न्यूनतम २७४६ विन्दुसम्म पुगेको थियो । 

नेप्सेमा सामान्य अंकको गिरावट आए पनि कारोबार रकममा भने उत्साह देखिएको थियो । सोमबार एकै दिन १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

सोमबार दिनभरमा ३३२ वटा कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर १ लाख ४७ हजार ६७६ पटक किनबेच भएको थियो । 

सोमबार सामान्य अंकले घटेको शेयर बजार मंगलबार भने पहिरोनै गएको थियो । एकै दिन नेप्से ४२.५८ अंकले घटेको थियो । लगातार जस्तो बजार उकालो विन्दुमा गएकाले गर्दा बिचमा ठुलो करेक्सन आएको लगानीकर्ताले आकलन गरेका छन् । 

मंगलबार बजार १.५३ प्रतिशतले घटेर २७२६.५१ विन्दुमा आयो । उक्त दिन नेप्सेमा साताकै उच्चतम विन्दु २७८८ सम्म पुगेर बजार फेरी तल झरेको थियो । उक्त दिन बजारमा ६० अंकको उतारचढाव देखिएको थियो । उक्त दिन नेप्से परिसूचक न्यूनतम २७१८ विन्दुसम्म पुगेको थियो । 

बजारमा ठुलो करेक्सन आएसँगै कारोबार रकम पनि २ अर्ब भन्दा बढीले गिरावट आएको थियो । मंगलबार दिनभरमा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो । 

उक्त दिन ३३३ वटा कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता शेयर १ लाख ४२ हजार ४७६ पटक किनबेच भएको थियो । 

दुई दिनमा साढे ४५ अंकले घटेको शेयर बजारमा बुधवार भने सामान्य अंकको सुधार देखियो । बुधवार नेप्से ५.०८ अंकले बढेर बजारमा सुधारको संकेत गरेको थियो । 

उक्त दिन नेप्से ०.१८ प्रतिशतले बढेर परिसूचक २७३१.५९ विन्दुमा आएको थियो । उक्त दिन साताभर भएको कारोबारको न्यूनतम विन्दुमा परिसूचक पुगेको थियो । 


प्रतिक्रिया दिनुहोस्