आज डलर, युराे, पाउण्ड र जापानी येन लगायत अधिकांश मुद्राकाे भाउ घट्याे
काठमाडाैं । मंगलबार डलरकाे भाउ लगायतकाे विदेशी मुद्राकाे विनिमय दर घटेकाे छ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
हिजाे एक अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा कायम भएकाे थियाे ।
यस्तै, आज युरो, पाउण्ड, स्वीस फ्रयाङ्क र अष्ट्रेलियन डलरकाे भाउ पनि घटेकाे छ।
युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
हिजाे युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९० रुपैयाँ ७४ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा ताेकिएकाे थियाे।
यस्तै क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०५ पैसा र बिक्रीदर २१ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३९ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २२ पैसा र बिक्रीदर २३ रुपैयाँ ३१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४८० रुपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ ५८ र बिक्रीदर ३८१ रुपैयाँ १४ पैसा रहेको छ ।













