सिटिजन्स बैंककाे ३ लाख १८ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रिमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिटिजन्स बैंककाे ३ लाख १८ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रिमा



काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दुई संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ३ लाख १८ हजार ८७३.३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले संस्थापक सेयरधनीहरू रोशन श्रेष्ठ र यदुनाथ घिमिरेको नाममा रहेको सेयर खरिदका लागि सर्वसाधारण तथा योग्य संघसंस्थालाई आह्वान गरेको हो।

विवरण अनुसार, संस्थापक सेयरधनी रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता र यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८ सय ११.७७ कित्ता सेयर बिक्रीमा राखिएको छ।

यसअघि पटक-पटक विद्यमान संस्थापक सेयरधनीहरूका लागि सूचना प्रकाशित गर्दा पनि खरिद आवेदन नपरेपछि बैंकले अहिले सर्वसाधारणका लागि यो अवसर खुला गरेको हो। यसमा बैंकको १९औँ वार्षिक साधारण सभाबाट पारित बोनस सेयर समेत समावेश गरिएको छ।

बिक्रीमा राखिएको दुवै सेयरको न्यूनतम मूल्य प्रतिसेयर १०० रुपैयाँ तोकिएको छ। इच्छुक योग्य व्यक्ति वा संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ। आवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर कित्ता र दर स्पष्ट रूपमा खुलाउनुपर्ने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्