सुनको मूल्य ३७ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३७ रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य समेत आज बढेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।













