पञ्चकन्या माई हाइड्रोको लोभलाग्दो वित्तीय विवरण: नाफा र आम्दानी दुवैमा उछाल, इपीएस कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पञ्चकन्या माई हाइड्रोको लोभलाग्दो वित्तीय विवरण: नाफा र आम्दानी दुवैमा उछाल, इपीएस कति ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको खुद नाफा उल्लेख्य बढेको छ। कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्मा कम्पनीको खुद नाफा १९५.७४ प्रतिशत बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफामा उत्साहजनक सुधार देखिएको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) मा पनि आकर्षक सुधार भएको छ। गत वर्ष ५.१६ रुपैयाँ रहेको वार्षिक प्रतिशेयर आम्दानी यो त्रैमासमा १५.२६ रुपैयाँ पुगेको छ। हाल कम्पनीको प्रतिशेयर नेटवर्थ ८४.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.८९ गुणा रहेको छ।

यस्तै गत वर्षको पुस मसान्तसम्म १८ करोड ९९ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष २०.८८ प्रतिशतले बढेर २२ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीले खर्च व्यवस्थापनमा समेत सुधार गरेको देखिन्छ। गत वर्ष १३ करोड ५५ लाख रुपैयाँ रहेको प्रशासनिक तथा अन्य खर्च यस वर्ष घटेर ११ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ।

१ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोष भने अझै १६ करोड ५५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।


प्रतिक्रिया दिनुहोस्