सुनको मूल्य ९ हजार ५०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको छ ।
शुक्रवार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदी पनि आज तोलामा ३०० रुपैयाँले बढेको छ । शुक्रबार ४ हजार ७१० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार १० रुपैयाँ पुगेको छ ।













