सूर्यज्योति लाइफको २ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सूर्यज्योति लाइफको २ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक समूहको २ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा राखेकाे छ।

कम्पनीका संस्थापक सेयरधनी भिजे इन्भेष्टमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त सेयर प्रतिकित्ता न्यूनतम २०० रुपैयाँमा बिक्री गर्न लागिएको हो।

कम्पनीले जारी गरेको सूचना अनुसार, ‘बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ बमोजिम पहिलो प्राथमिकता वर्तमान संस्थापक सेयरधनीहरूलाई नै दिनुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको हो। बिक्री गर्न लागिएको सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

आवेदनका लागि इच्छुक सेयरधनीहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या र दर रेट उल्लेख गरी शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ। आवेदन फारम कम्पनीको सेयर रजिस्ट्रार श्री एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथलीमा कार्यालय समयभित्र पेश गर्न सकिनेछ।

तोकिएको ३५ दिनको समय सीमाभित्र हाल कायम संस्थापक सेयरधनीहरूबाट खरिदका लागि कुनै आवेदन नपरेको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने समेत कम्पनीले स्पष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस्