सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 



काठमाडौं । आज सुनको मूल्य ४ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य बढेर ३ लाख ४ हजार ६०० रुपैयाँ पुगेको छ । 

आइतबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ । 

चाँदीको मूल्य पनि २५० रुपैयाँले बढेको महसंघले जनाएको छ । आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार २५० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्