प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ लाख ५५ हजार ८०० कित्ता संस्थापक सेयर बिक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ लाख ५५ हजार ८०० कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ५५ हजार ८०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीका दुई संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको क्रमशः ५५ हजार र १ लाख ८०० कित्ता सेयर बिक्रीका लागि निवेदन दिएपछि यो प्रक्रिया अगाडि बढाइएको हो।

इन्स्योरेन्सले जारी गरेको ३५ दिने सार्वजनिक सूचना अनुसार, यो सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई दिइनेछ। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय, कमलादीमा निवेदन दिनुपर्नेछ।

सेयर खरिद गर्न चाहनेले नेपाल बीमा प्राधिकरणले तोकेको ‘फिट & प्राेपर टेस्ट’ को मापदण्ड पुरा गरेको हुनुपर्नेछ। यदि तोकिएको म्यादभित्र हालका संस्थापकहरूबाट कुनै आवेदन नपरेमा मात्र प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्