फेरी बढ्यो सुनको भाउ, चाँदीको भने घट्यो
काठमाडौं । आज सुनको भाउ फेरी बढेको छ । आज सुनको भाउ ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न, पत्थार तथा आभूषण महासंघले जनाएको छ ।
आज सुनको मूल्य बढेर ३ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य भने प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार २४० रुपैयाँ कायम भएको छ ।













