नबिल बैंकको १ लाख २५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नबिल बैंकको १ लाख २५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा



काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारण व्यक्ति तथा संस्थाहरूका लागि बिक्री खुला गरेको छ।

बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिई ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधिमा कुनै आवेदन नपरेपछि अहिले अन्य लगानीकर्ताका लागि यो अवसर प्रदान गरिएको हो।

बैंकद्वारा प्रकाशित सूचना अनुसार, संस्थापक सेयरधनी जीत बहादुर श्रेष्ठको ५० हजार कित्ता, जश श्रेष्ठको २५ हजार कित्ता (प्रतिकित्ता रु. ३०१.१० तोकिएको) र जिज्ञाशा अर्यालको ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। इच्छुक लगानीकर्ताहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिनुपर्नेछ।

खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, नारायणचौरमा गई आवेदन बुझाउनु पर्नेछ।


प्रतिक्रिया दिनुहोस्