सुनको मूल्य ३ हजार रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आज शुक्रवार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य घटेर ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने भारी गिरावट आएको छ । आज चाँदी प्रतितोला ३५० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
आज चाँदी घटेर ५ हजार रुपैयाँ तोला कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ३५० रुपैयाँ तोला कारोबार भएको महसंघले जनाएको छ ।













