ओपल सेक्युरिटिजले सञ्चालनमा ल्यायो एयर ट्रेडको टिएमएस
काठमाण्डौं । ओपल सेक्युरिटिज(ब्रोकर नं. ४) एयर ट्रेडमा जोडिएको छ । अत्याधुनिक नयाँ टिएमएस संचालक कम्पनी डिजीहबले ल्याएको एयर ट्रेडमा ओपल सेक्युरिटिजले (ब्रोकर नं. ४) आफ्नो टिएमएसलाई जोडेको छ ।
यस अघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तरगतको टिएमएस संचालनमा रहेको ओपल सेक्युरिटिजले (ब्रोकर नं. ४) हाल एयर टे«ड अन्तरगत आफ्नो कारोबार गरिरहेको छ । ब्रोकर नं. ४ ले नेप्से अन्तरगत रहेको टिएमएससँगको आफ्नो सम्झौता रद्द गरि आफ्ना ग्राहकहरुलाई डिजीहबको टिएमएस अन्तरगत कारोबार गराईरहेका छन् ।
एयर टे«डको टिएमएसमा लगानीकर्ताले वेव, डेक्सटप, मोवाईल एपलगायत भर्सनबाट शेयर कारोबार गर्न सक्नेछन् । उक्त टिएमएस मार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गनै सक्नेछन् । उक्त टिएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ । यस नयाँ टिएमएसका विशेषताहरु निम्न रहेका छन् ।
नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका विशेषताहरु
क) मोवाईल भर्सन
ख) वेव भर्सन
ग) डेस्कटप भर्सन
अन्य अपरेशसन विशेषताहरु
क) शेयर विक्री गर्ने वित्तिकै साही बराबरको रकमले शेयर खरिद गर्न सकिने र त्यसको लागि ब्रोकरलाई भनि राख्नु नपर्ने ।
ख) आफ्नो लेजर व्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाईने ।
ग) अर्डर बास्केट ।
घ) एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने
ङ) आफुले चाहेको शेयरमा अर्लट राख्न सकिने ।
च) रियल टाईममा खरिद विक्रीको अर्लट प्राप्त गर्न सकिने ।
छ) सजिलो र छिटो अर्डर राख्ने सकिने ।
ज) आफुले चाहे अनुसार जतिपनि शेयरको मार्केट डेप्थ हेन पाईने ।
झ) लिंक एण्ड डक फिचर्स भएको ।
ञ) मल्टी विन्डो फिचर्स भएको ।
ट) शेयर खरिदविक्री पछिको हिसावकिताव र अरु रिर्पाेट हेर्नको लागि क्लाइन्ट लगिनको व्यवस्था भएको ।













