महाविशरात्रिको दिन पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आज महाविशरात्रिको दिन पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।
शुक्रवार प्रतितोला ३ लाख ५ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।













