घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 



काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको  मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघले जनाएको छ । 

चाँदीको मूल्य भने १२५ रुपैयाँले घटेको महासंघले जनाएको छ । 

आइतबार प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

आइतबार प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८६० रुपैयाँमा आएको महसंघले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्