विदेशी मुद्रा विनिमय: अमेरिकी डलर र पाउण्ड महँगिँदा युरो र क्यानेडियन डलर सस्तियो
काठमाडाैं । मंगलबार अमेरिकी तथा अष्ट्रेलियन डलर र पाउण्ड भाउ बढेकाे छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा र युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३७ पैसा तोकिएको छ ।
हिजाे अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३५ पैसा ताेकिएकाे थियाे ।
यता युरोपियन युरो र स्वीस फ्रयाङ्क र क्यानेडियन डलरकाे भाउ घटेकाे छ। आज युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा र क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६८ पैसा कायम भइकाे छ।
हिजाे युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा, स्विस र्फ्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३१ पैसा र क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७१ पैसा थियाे ।
सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७० पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १८ पैसा र बिक्रीदर १६ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २३ रुपैयाँ ०८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा रहेको छ ।













