सिटिजन्स बैंकको संस्थापक र साधारण शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीको नाममा हरकेो संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्टाछुट्टै संस्थापक शेयर बिक्रीमा राखेको हो ।
बैंकले प्रतिकित्ता न्यूनतम १०६ रुपैयाँ तोकेर ३ हजार ८५३.९७ कित्ता संस्थापक र नवौं वार्षिक साधारणसभाबाट पारित बोनस शेयर समेत संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ ।
त्यसैगरी बैंकले प्रतिकित्ता न्यूनतम १३० रुपैयाँ तोकेर १८ हजार ८४४.७२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ३५ दिनभित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।













