आजको विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र स्वीस फ्र्याङ्कको भाउ घट्दा पाउण्ड र अष्ट्रेलियन डलर बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आजको विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र स्वीस फ्र्याङ्कको भाउ घट्दा पाउण्ड र अष्ट्रेलियन डलर बढ्यो



काठमाडाैं । बिहिबार अमेरिकी डलर स्थिर रहेककाे छ भने युराे र स्वीस फ्रयाङ्ककाे भाउ घटेकाे छ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा ताेकिएकाे छ। हिजाे पनि यहि मूल्य निर्धारण गरिएकाे थियाे ।

यस्तै आजकाे विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा र स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४५ पैसा कायम भएकाे छ।

हिजाे युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा र स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९६ पैसा कायम भएकाे थियाे ।

यता आज पाउण्ड र अष्ट्रेलियन डलरकाे भाउ भने बढेकाे छ। यसदिन युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रुपैयाँ २९ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४० पैसा र बिक्रीदर १०२ रुपैयाँ ८२ पैसा

हिजाे युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा कायम भएकाे थियाे ।

राष्ट्र बैंकका अनुसार यसदिन क्यानेडियन डलर १ को खरिददर १०६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४९ पैसा, सिंगापुर डलर १ को खरिददर ११४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९९ पैसा कायम भएको छ। त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा तथा चिनियाँ युआन १ को खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा रहेको छ।

यस्तै खाडी मुलुकतर्फ साउदी रियाल १ को खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा छ। कतारी रियाल १ को खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा कायम भएको छ। यूएई दिराम १ को खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा छ। मलेसियन रिंगिट १ को खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा रहेको छ।

सबैभन्दा महँगो मुद्रामा कुवेती दिनार १ को खरिददर ४७४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४७६ रुपैयाँ १९ पैसा रहेको छ। बहराइन दिनार १ को खरिददर ३८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६४ पैसा तथा ओमानी रियाल १ को खरिददर ३७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६३ पैसा तोकिएको छ।

थाई भाट १ को खरिद ४ रुपैयाँ ६२ पैसा र बिक्री ४ रुपैयाँ ६४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद १० रुपैयाँ ०३ पैसा र बिक्री १० रुपैयाँ ०७ पैसा, स्विडिस क्रोनर १ को १६ रुपैयाँ ११ पैसा (खरिद) र १६ रुपैयाँ १७ पैसा (बिक्री), डेनिस क्रोनर १ को २२ रुपैयाँ ९३ पैसा (खरिद) र २३ रुपैयाँ ०२ पैसा (बिक्री) तथा हङकङ डलर १ को खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्