सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो ।
बिहीबार प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्य कायम भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ५ हजार ६० रुपैयाँ रहेको चाँदी आज घटेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।













