युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर बिक्री गर्ने - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर बिक्री गर्ने



काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १००:१० को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन लागि बुक क्लोजको मिति पनि तय गरेको छ । कम्पनीले फागुन १७ गते एक दिन बूक क्लोज गर्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फागुन १४ गतेसम्म कारोबार भई शेयर खरीद गर्ने शेयरधनीहरूले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्