गोर्खाज फाइनान्सको १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गोर्खाज फाइनान्सको १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्नो संस्थापक शेयर धनीका नाममा रहेको १२ हजार ३७ कित्ता शेयर बिक्रीमा राखेको हो । 

जसमा पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता बिक्रीमा राखिएको कम्पनीले सूचना मार्फत जानकारी दिएको छ । 

हाल उक्त शेयरमा भने अहिले कायम रहेको संस्थापक शेयर धनीले मात्र आवेदन दिन पाउने छन् । ३५ दिन भित्र आवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई उक्त शेयर बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । 

शेयर किन्न चाहाँनेले भने काठमाडौंको डिल्लीबजारस्थित चारखालरोडमा रहेको कम्पनीको मुख्य कार्यालयमा लिखित निवेदन दिनु पर्ने छ


प्रतिक्रिया दिनुहोस्