सागर डिष्टिलरीको लक इन चैत ११ गते सकिन्दै
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको लक इन चैत ११ गते सकिने भएको छ । कम्पनीले सामूहिक लगानी कोषहरू (म्युचुअल फण्ड)का लागि छुट्याइएको लक इन सकिने भएको हो ।
आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषहरूका लाग छुट्याइएको शेयर लकइनमा राख्नु पर्ने प्रावधान रहेको छ। सोही प्रावधान बमोजिम उक्त शेयर हालसम्म लकइनमा रहेको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्दा सर्वसाधारणलाई निष्काशन तथा बिक्री खुला गरिएको शेयरमध्ये ५ प्रतिशतले हुन आउने ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको थियो । त्यसको लकइन अवधि आउँदो चैत ११ गते सकिनेछ भने चैत १२ गतेदेखि धितोपत्र दोस्रो बजारमा सो शेयर किनबेच गर्न सकिनेछ ।













