लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा 



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको संस्थापक शेयर धनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीले २० हजार २९० कित्ता संस्थापक शेयर विक्रीमा राखेको छ । 

उक्त शेयरमा पहिलो चरणमा हाल कायम भएको संस्थापक शेयर धनीले मात्र आवेदन दिन पाउने छन् । ३५ दिन भित्र संस्थापक शेयर धनीले खरिद नगरे अन्य व्यक्ति तथा संस्थालाई उक्त शेयर बिक्रीमा राखिने कम्पनीले जनाएको छ । 

शेयर खरिद गर्नेले कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिनु पर्ने छ । 


प्रतिक्रिया दिनुहोस्