लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको संस्थापक शेयर धनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीले २० हजार २९० कित्ता संस्थापक शेयर विक्रीमा राखेको छ ।
उक्त शेयरमा पहिलो चरणमा हाल कायम भएको संस्थापक शेयर धनीले मात्र आवेदन दिन पाउने छन् । ३५ दिन भित्र संस्थापक शेयर धनीले खरिद नगरे अन्य व्यक्ति तथा संस्थालाई उक्त शेयर बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।
शेयर खरिद गर्नेले कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिनु पर्ने छ ।













