आज पनि ३२ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । आज सोमबार पनि सुनको मूल्य फेरी बढेको छ । आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघले जानकारी दिएको छ ।
आज सुन बढेर २ लाख १३ हजार ५०० रुपैयाँ पुगेको छ । आइतबार भने सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि १७० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी बढेर ५ हजार ५९५ रुपैयाँ पुगेको छ । आइतबार भने चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।













