प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूका लागि ११ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि आवेदन दिएपछि यो प्रक्रिया अघि बढेको हो ।

प्रचलित कानुनी व्यवस्था अनुसार, कम्पनीले सबैभन्दा पहिले हालका संस्थापक शेयरधनीहरूलाई नै शेयर खरिदका लागि प्राथमिकता दिएको छ ।

इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदनका लागि काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

यदि तोकिएको ३५ दिनभित्र संस्थापक शेयरधनीहरूबाट पर्याप्त आवेदन नआएमा वा सबै शेयर बिक्री नभएमा मात्र उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्