नेपाल लाइफको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल लाइफको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीका संस्थापक शेयरधनी उदय प्रसाद ओझाले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले उक्त शेयर बिक्रीको प्रक्रिया सुरु गरेको हो ।
विद्यमान शेयरधनीलाई पहिलो प्राथमिकता बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ मा भएको व्यवस्था बमोजिम, यस्तो शेयर बिक्री गर्दा सबैभन्दा पहिले हालका संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने हुन्छ । सोही नियम पालना गर्दै कम्पनीले इच्छुक विद्यमान संस्थापकहरूका लागि ३५ दिनको समयावधि तोकेको छ ।
यो शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरूले तोकिएको ३५ दिनभित्र काठमाडौंको कमलपोखरीमा रहेको नेपाल लाइफ क्यापिटलको कार्यालयमा आफ्नो लिखित निवेदन पेश गर्नुपर्नेछ ।
यदि तोकिएको ३५ दिनको अवधिभित्र वर्तमान संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नआएमा वा माग बमोजिम शेयर बिक्री नभएमा, कम्पनीले अर्को प्रक्रिया अपनाउनेछ। यस्तो अवस्थामा उक्त शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस्