आज सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज मंगलबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख १४ हजार ८०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सोमबार प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ५८५ रुपैयाँमा आएको छ ।













