जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा 



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर धनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीको संस्थापक शेयर धनी बिसनदेव मण्डल गन्गाईले ८ हजार कित्ता र निरज पोख्रेलको १२ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् । 

उक्त शेयरमा पहिलो चरणमा हाल कायम हरेको संस्थापक शेयर धनीले मात्र आवेदन दिन पाउने छन् । 

कायम संस्थापकले ३५ दिन भित्र उक्त शेयरमा आवेदन दिनु पर्ने छ । सो समयमा आवेदन नपरे जो कोही व्यक्ति तथा संस्थाले उक्त शेयरमा आवेदन दिन पाउने छन् । 

आवेदन मोरङको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनु पर्ने छ । 


प्रतिक्रिया दिनुहोस्