छिमेक लघुवित्त वित्तीय शेयर संस्थापकले किनेनन्, सर्वसाधारणलाई बिक्री खुल्ला
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर संस्थापक शेयर धनीले किनेनन् । कम्पनीको शेयर धनी विनीता अधिकारीको नाममा रहेको ४२ हजार २३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको थियो ।
उक्त शेयर पहिलो चरणमा विद्यमान कायम हरेको संस्थापक शेयर धनीका लागि खरिदका लागि राखिएको थियो । तर, ३५ दिन भित्र पनि अहिले कायम हरेका संस्थापकले उक्त शेयर नकिनेपछि सर्वसाधारणका लागि बिक्री खुल्ला राखिएको छ ।
उक्त शेयर न्यूनतम मूल्य प्रतिकित्ता ४१० रुपैयाँ कायम गरी सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।
उक्त शेयरमा आगामी १५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको कार्यालयमा निवेदन दिनु पर्नेछ ।













