बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 



काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधवार प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

महासंघका अनुसार आज चाँदी भने प्रतितोला १० रुपैयाँले बढेको छ । 

आज चाँदी प्रतितोला ५ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार भने चाँदी प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्