नबिल बैंकले सर्वसाधारणका लागि बिक्रिमा ल्यायाे ७१ हजार बढी कित्ता संस्थाप शेयर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नबिल बैंकले सर्वसाधारणका लागि बिक्रिमा ल्यायाे ७१ हजार बढी कित्ता संस्थाप शेयर



काठमाडाैं । नबिल बैंकको ७१ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकका संस्थापक शेयरधनीकाे नाममा रहेको ७१ हजार १४० कित्ता संस्थापक शेयर बिक्रिमा राखिएकाे हाे ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ निर्धारण गरिएको छ। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेकोले अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो।

इच्छुक खरिदकर्ताहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल नारायणचौर, काठमाडौंबाट आवेदन फारम प्राप्त गरी गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्