शुक्रबार तोलामा ५०० रूपैयाँ सस्तियाे सुन, चाँदी बढ्यो
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। हिजो तोलामा ६ सय रुपैयाँले बढेको सुनको भाउ आज ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला सुन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोलामा ५ हजार ७४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ७२५ रुपैयाँमा किनबेच भएको थियो।













