अमेरिकी डलरसँगै बढ्यो अधिकांश विदेशी मुद्राको भाउ, यस्तो छ आजको विनिमय दर
काठमाडाैं । बिहिबार अमेरीकी डलर, युराे, पाउण्ड, स्वीस फ्रयाङ्क र अष्ट्रेलियन डलर लगायत अधिकाशं विदेशी मुद्राको भाउ बढेकाे छ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि ताेकेकाे विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा ताेकिएकाे छ ।
हिजाे अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा ताेकिएकाे थियाे ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २० पैसा, युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ ३४ पैसा र १७२ रूपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ११ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९२ पैसा र स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३४ पैसा ताेकिएकाे छ ।
हिजाे अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २३ पैसा ताेकिएकाे थियाे ।
राष्ट्र बैंकका अनुसार सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९३ पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा तोकिएको छ। त्यस्तै, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा रहेकाे छ।
यस्तै युएई दिराम एकको खरिददर ४० रुपैयाँ ०६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा कायम भएको छ भने मलेसियन रिंगिटको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा छ। चिनियाँ युआनको खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४२ पैसा तथा हङकङ डलरको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा रहेको छ।
खाडी मुलुकका मुद्राहरूको विनिमय दर हेर्दा, कुवेती दिनारको मूल्य सबैभन्दा उच्च देखिएको छ। आज कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ५३ पैसा रहेको छ।
त्यस्तै, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ६५ पैसा तथा ओमान रियाल एकको खरिददर ३८२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ७७ पैसा कायम भएको छ।
कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा रहँदा साउदी रियालको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।













