बालकोट पुगेर पूर्वप्रधानमन्त्री ओलीले गरे मतदान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बालकोट पुगेर पूर्वप्रधानमन्त्री ओलीले गरे मतदान



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो मताधिकार प्रयोग गरेका छन्।

उनले भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट आज बिहान मतदान गरेका हुन्।

आफ्नो मतदाता नामावली भक्तपुरमा रहेकाले अध्यक्ष ओलीले बालकोटबाटै मतदान गरेका हुन्। यद्यपि, उनी यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्।

झापा–५ मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच निकै कडा र रोचक प्रतिस्पर्धा देखिएकाले यो क्षेत्रलाई देशभरि नै चासोका साथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्